September 30, 2007

qoute of the day


Democracy does not guarantee equality of conditions - it only guarantees equality of opportunity.

Irving kristol

September 11, 2007

नयाँ ब्लगको शुरुवात

आजदेखि एउटा अर्को ब्लग सुरु भएको छ- काठमाडौ कर्नर । मलाई बाहेक यो कुरा सुरेश भाइ र टोकराजजीलाइ मात्र थाहा छ । अब विस्तारै अरुले पनि थाहा पाउलान् । हेरौ कस्तो हुन्छ ।

माओवादीको चुनाव सार्ने प्रस्ताव

नेकपा माओवादीका वरिष्ठ नेता सीपी गजुरेलले अहिलेकै अवस्थामा संविधानसभाको निर्वाचन हुन नसक्ने वताउदै भदौ २७ गतेवाट माओवादीले सुरु गर्ने गोलमेच सम्मेलनमा र्सार्थक संविधानसभा निर्वाचनका लागि वृहत छलफल हुने बताउनुभएको छ । र्सार्थक संविधानसभा निर्वाचनका लागि चुनाव सार्नुपर्ने अवस्था आएको तर्क गर्दै गजुरेलले भन्नुभयो,’गोलमेच सम्मेलनमा चुनाव सार्ने प्रस्ताव लान्छौं ।’ रिपोर्र्टर्स क्लब नेपालद्धारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले गोलमेच सम्मेलनमा सबै दल, समुदाय, जाति, क्षेत्र, लिंगका प्रतिनिधिलाई आमन्त्रण गरिने बताउनुभयो । पत्रकारहरुलाई निषेध गरिने सम्मेलनमा आफुहरुले उठाएको २२ बुंदे मागका सम्बन्धमा गम्भीर छलफल हुने उहांको भनाई थियो । सरकार र सात दलले मागको सम्बोधन नगरे सरकार छाड्ने चेतावनी दिनुभयो । संविधानसभा निर्वाचनमा दलहरुको साझा एजेण्डा तय गर्न गोलमेच सम्मेलन आवश्यक रहेको बताउनुभयो ।
सोही कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकारको एक घटकका रुपमा रहेको रहेको नेकपा माओवादीले प्रतिपक्षको जस्तो व्यवहार गरी अकस्मात गोलमेच सम्मेलन गर्न लागेकोमा आपत्ती प्रकट गर्नुभयो । उहांले निर्वाचन नजिकिदै गर्दा आन्दोलन गर्ने, तत्काल गणतन्त्र घोषणा गर्ने, निर्वाचन सार्ने जस्ता विषय उठाएर गोलमेच सम्मेलन गर्न खोज्नुले शंका उत्पन्न भएको बताउनुभयो । उहांले माओवादीलाई आठ दलको बैठकमा २२ बुंदे मागका सम्बन्धमा छलफल गर्ने तत्परता देखाउन आग्रह गर्नुभयो । साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य रघुवीर महासेठले गोलमेच सम्मेलनमा जान आपत्ती मान्न नहुने बताउनुभयो । आफूहरुलाई निम्तो गरिए माओवादीले गर्न लागेको गोलमेच सम्मेलनमा सहभागी हुने उहांको भनाई थियो । ‘गोलमेच सम्मेलनलाई नकारात्मक रुपमा लिनुहुन्न,’ उहांले भन्नुभयो,’हामी सहभागी भएर आफनो कुरा राख्न तयार छौं ।’ माओवादीलाई वाइपास गरेर जान खोज्न नहुने भन्दै उहांले दलहरु चुनावप्रति चिन्तित नभएको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेस प्रजातान्त्रिकका नेता डा.नारायण खड्काले सरकारमा रहेका दलहरुबीच गम्भीर छलफल गरी संविधानसभा निर्वाचनको वातावरण निर्माणमा सकारात्मक प्रयास हुनुपर्ने बताउनुभयो । मुलुक गणतन्त्रमय भइसकेको अवस्थामा निर्वाचनको मुखमा एकपछि अर्को बखेडा झिक्नुले माओवादीको निर्वाचनप्रतिको प्रतिवद्धतामा शंका उब्जिएको बताउनुभयो । नेपाली कांग्रेका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईले सेरेमोनियल किङका पक्षमा दिनुभएको अभिव्यक्तिलाई खड्काले व्यक्तिगत भनाई भन्नुभयो ।
नेकपा मालेका महासचिव सीपी मैनालीले तत्काल गोलमेच सम्मेलनको कुनै आवश्यकता र औचित्य नरहेको बताउनुभयो । निर्वाचन प्रचारप्रसार र सरगर्मीमा जुट्नुपर्ने बेलामा माओवादीले एकपछि अर्को बखेडा झिकेको आरोप लगाउनुभयो

Hello world!

Welcome to your new blog. This is your first post. Edit or delete it, then start blogging!

An email has been sent to you giving you details of how to log in to the administration section. From there you can change the design by clicking on the tab MANAGE and then click on the tab THEMES. If you have any questions, ask them in the forums — we are only too willing to help.