October 30, 2007

तिहार सुरु नहुँदै पटटटट

अशोक सिलवाल

तिहार सुरु भइसकेको छैन । तर काठमाडौंमा पटका, मल्टबारा, रकेट आदि पडकिन थालिसकेका छन् । काठमाडौंमा दर्शै भन्दा तिहारमा अलि बढी नै रौनकता देखिन्छ । तिहारलाई उज्यालोको चाड पनि भनिन्छ । त्यसैले पनि तिहारताका काठमाडौंमा आकाश केही दिन त साँच्चै एकदम उज्यालो हुन्छ । यो मैले विगतमा देखेको कुरा हो ।

यसपाली पनि त्यस्तै होला ।

देउसी र भैलोले गाउँ र शहर संगीतमय हुनेछ । टिभी र रेडियोबाट पनि सारा दिन बज्नेछ, देउसी र भैलो ।

October 29, 2007

भुकम्प जाँदा मनमा भुकम्प

अशोक सिलवाल

१२ कात्तिक २०६४ । दिनको ३ बजेर ३५ मिनेट जाँदा । बसिरहेको चियर हल्लियो । राजधानी दैनिकको कम्पयुटरमा बसेर आर्टीकल हेरिरहेको थिएँ । साथमा सहकर्मीहरु राजेन्द श्रेष्ठ, राम श्रेष्ठ, डिल्ली आर्चाय, अमृत दाहाल, गजेन बुढाथोकी, पदम गौतम, चेतन पाण्डे, अब्बुल्लाह मियाँ, उद्धव सिलवाल, सागर पण्डित आदि थिए । सबै कामम व्यस्त ।

हल्लियो राजधानीको भवन । सबै जुरुक्क उठिहाले । थाहा भयो भुकम्प गएछ । र, म पनि । अलिअलि अत्याँस र एकछिनपछि हाँसो ।

अब यसबारे केही छिनपछि अझ धेरै थाहा हुनेछ ।

चिसो मौसम तातो राजनीति

मौसम रमाइलो छ । बाहिर बसे गर्मी भित्र बसे जाडो । यो यामको विशेषता नै हो । र, मलुकको यात्रा यही रमाइलोमा अडकिएको छ । संसद तातेको छ तर संसदमा कृयाशील कथित राजनेताहरु सायद चिसिएका छन् । मुलुकको यात्रा विपरित रचनात्मक यात्रामा निरन्तर अघि बढिरहेको छ ।

आशाहरु राजनीतिक खेलको क्रमशरुप देखेर निराश भइसकेका छन् । पत्यार लाग्न छोडिसक्यो, मुलुकमा जनपक्षिय युग आँउछ भनेर । यो जनता र देशको पक्कै पनि सुखद होइन ।

October 28, 2007

कोइराला कुर्लिए- निर्वाचन फागुनमा हुन्छ

दशैं सकिए लगत्तै दशैंका नाममा एमालले आयोजना गरेको चियापानमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फागुनभित्रै संविधानसभा निर्वाचन गराउने बताएपछि राजनीतिक बजार केही तातेको छ । यसअघि पनि यस्ता कुरा गर्ने कोइरालाको बानी नै हो । तर पत्याउन सक्ने कुनै आधार छैन विगतका पटकपटकको उनको यस्तो अभिव्यक्तिले यस्तै सोच्न बाध्य होइन्छ ।

एमालेद्वारा शनिबार आयोजित ‘शुभकामना आदानप्रदान तथा दसैंतिहार चियापान’ कार्यक्रममा सहभागी कोइरालाले भने- ‘सातदलबीच सहमति जुटाएर निर्वाचनको मिति तोक्ने सोचमा छु,।’ संसदमा प्रस्तुत माओवादीसहितका तीन दलको संकल्प प्रस्तावमा सहमति जुटाउने प्रयासले ठोस निष्कर्षनपाइरहेका बेला कोइरालाले असहमतिका बाबजुद पनि सातदलबीचको एकता नटुट्ने सकारात्मक तर मुढे दाबी गरे ।

‘अहिले देखापरेको असहमति सातदलबीचको झगडा होइन, विवादमात्र हो, यसलाई वार्ताद्वारा निष्कर्षमा पुर्‍याउन सकिन्छ ।’ उनले माओवादी आन्दोलनमा नजाने दाबीसमेत गरे । माओवादी नेताहरूले भने गणतन्त्र घोषणा र संविधानसभा निर्वाचनमा पूर्णसमानुपातिक प्रणाली नअपनाइए आन्दोलनमा जाने बताउँदै आएका छन् । जारी शान्तिप्रक्रिया पूरा भएरै छाड्ने विश्वास पनि कोइरालाको थियो ।

एमाले महासचिव माधवकुमार नेपालले फागुनमा निर्वाचन गराउने प्रधानमन्त्रीको अभिव्यक्तिलाई पारटीको शतप्रतिशत र्समर्थन रहेको प्रतिक्रिया दिए । ‘निर्वाचन स्थगन गरिएकोमा हाम्रो मन कँुडिएको छ,’ उनले भने । नेपालले दलहरूबीच आपसी सद्भाव बढाउन बडादसंै तथा दिपावलीको सन्दर्भ पारेर शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिए ।

चिया पिउँदै माओवादी नेता देव गुरुङले गणतन्त्र घोषणा र पूर्णसमानुपातिक निरर््वाचन प्रणालीजस्ता आङ्खनो पार्टर्ीी माग पूरा नगरी निर्वाचन गर्न नसकिने धारणा राखे । ‘हाम्रो माग पूरा नगरिए विडम्बनापर्ूण्ा परिस्थिति आउने छ,’ उनले भने, ‘तर, माओवादीले व्यवस्थापिका-संसद् भने छाड्दैन ।’ उनले प्रमुख दल गणतन्त्रमा जान सहमत भए वर्तमान सरकारमा माओवादी सामेल हुने जानकारी पनि दिए ।

October 16, 2007

poltics as a pendulom

politics of nepal is going more confusing due to the activities of leaders. their political behaviour is not political. it seems so. and reality is very paradoxical. girija prasad koirala, puspa kamal dahal, madhav kumar nepal and other mainstream leaders are not able to go on the people’s way. king gynanendra is showing his character as diplomatic danger.   

October 15, 2007

शुभकामना छ है

विजया दशमी २०६४ को अवसरमा अशोक सिलवाल भनेर चिन्ने सबैलाई शुभकामना । स्वदेश तथा विदेशमा बस्ने सबै आफन्त, साथीभाई, परिचित र अपरिचित सबैलाई जीवनका सबै दुखलाई भुलेर खुशी बाँडन चाहन्छु । जीवन त्यसै पनि बित्दैछ भने किन खुशी भएर नबाँच्ने ? यो प्रश्न नै मेरो शुभकामना ल ।

October 1, 2007

are u diplomat

A diplomat is a man who always remembers a woman’s birthday but never remembers her age.

it is Robert Frost’s quotations and i like it very much. don’t u like it ? 

my favourite

When I am working on a problem I never think about beauty. I only think about how to solve the problem. But when I have finished, if the solution is not beautiful, I know it is wrong.
buckminster fuller
 
The best and most beautiful things in the world cannot be seen, nor touched … but are felt in the heart.
helen keller

what i did in morning

today i wake up at 6.30 and went to the campus. as u know i am a student of final year of masters in art. there, chiranjibi sir told us something about thesis writing. how to choose the topic of thesis ? how to make it perfect ? and in many subject he tried to clear the confusion.  

i have nothing to say.

dear friend some time we have to face unexpected event. but it is not the matter of worry. today is quiet hot in kathmandu. no raining.