November 3, 2007

अमेरिकी एक्वेरियमको परिक्रमा


प्रकाशप्रसाद उपाध्याय/अमेरिकाबाट फर्केपछि

अमेरिकाको रमणीय सहर शिकागोको सुन्दरताबाट प्रभावित नहुने को होला र - गत जुलाइमा शिकागोको संक्षिप्त यात्राको क्रममा त्यहाँको ओहेयर अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेदेखि नै रोमाञ्चकता सुरु भयो ।

लगभग हरेक मिनेटको फरकमा उडिरहेका र ओर्लिरहेका विमानहरुको ध्वनी, विमानस्थलको सफाइ र कार्यशैली सम्झनायोग्य थियो । विमानस्थलको औपचारिकता सकी आवासतर्फजान बाहिर निस्केपछि कुरै कुरामा थाहा पाइयो, यो विमानस्थल विश्वका दोश्रो व्यस्त विमानस्थल रहेछ । सहरको सुन्दरता त वर्णनातीत नै छ ।

त्यस नगरलाई सुन्दर, मनोहर, दर्शनीय र पर्यटकमाझ लोकप्रिय बनाउनमा शिकागो नगर भएर बग्ने मिसिगनलेकको ठूलो योगदान रहेछ । उत्तर अमेरिकाका चार राज्यहरु भएर बग्ने यो तालको लम्बाई ३ सय ७ माईल, चौर्डाई १ सय १८ माईल र गहिर्राई सरदर २ सय ७९ फिटबाट नै कति विशाल रहेछ भन्ने थाहा पाउन गाह्रो नपर्ला । यसको छेउछाउमा बनाइएका दर्शनीय स्थलहरुमध्ये सेड मन्स्यागार त वर्णन गरी साध्य छैन ।

हामीले आफ्ना घरहरुमा शोभा वा शौखका लागि एक्वेरियम राखेका हुन्छौं । तर शिकागोको जानजी सेड एक्वेरियम घरमा हुने एक्वेरियमभन्दा लाखौं गुणा ठूलो र दुइ तल्लामा फैलिएको देख्दा तीनछक्क परियो । यसको विशालताको अनुमान लगाउन पाठकहरुलाई यति भनिनु नै प्रशस्त होला कि लेखकले त्यहाँ पूरा पाँच घण्टा विताउँदा पनि एक्वेरियमका सबै खण्ड पूर्ण रुपले र राम्ररी हर्ेन भ्याएन र त्यहाँ पर्यटकहरुलाई देखाइने विभिन्न कार्यक्रमहरु हेर्न पनि उससित समयको अभाव भयो ।

सो एक्वेरियमको विधिवत उद्घाटन ३० मई न् १९३० मा भएको थियो । यहाँ एशिया र अप्रि
mका महादेशका अतिरिक्त कैरेवियाली क्षेत्रलगायत अन्यत्रका विभिन्न थरी रंग र आकारका समुन्द्री जीवजन्तु छन् । जसमा शार्क, सील, डोल्पिmन र हृवेलजस्ता विशाल माछाहरुका साथ साथै सानसाना रंगीचंगी माछाहरु राखिएका छन् र उनीहरुलाई राख्ने मन्स्यागार पनि उनीहरुका आकार अनुरुप नै विशाल र गहिरा छन् । कुनै जलकुण्ड नब्बे हजार ग्यालन पानी अटाउने खालको छ भने तीस लाख ग्यालन पानी अटाउने जलकुण्डमा डल्पिmनहरु राखिएका छन् । हृवेल र शीलका जलक्रिडा हर्ेन ती जलकुण्डहरुमा अनेक क्यामेराहरु जडान गरिएका छन् र पर्यटकहरुले ऐनाको विशाल पर्खाल बाहिर उभेर तिनलाई गहिरो पानीमा घुमफिर गरिरहेको देखेर आनन्द लिने गर्दछन् । मानिसका मित्र ठानिने र मानिसकोर् इसारा र तालिमको भाषा बुझ्ने डल्पिmनका विभिन्न खेलकुद पर्यटकलाई देखाउन सुविधाजनक व्यवस्था गरिएको छ । डल्पिmन आफ्ना निर्देशकका आदेशानुसार पानीमा उप|mने, पानीभित्र पौडिदै निर्देशकनगिच आउने, संगीतको तालमा पुच्छर पानीमाथि निकाल्दै नृत्य गर्ने, निर्देशक/निर्देशिकाका साथ पानीमा पौडिने र आहारलाई उप|mेर टिप्ने जस्ता खेल देखाएर पर्यटकहरुका स्यावाशी बटुल्न चुक्तैनन् । एकातिर डोल्पिmन, हृवेल र र्शाकहरु जलक्रिडा गर्दै दर्शकहरुलाई प्रभावित पार्दछन् भने अर्कोतिर साना-मसिना माछाहरु पनि आफ्ना धुन र गतिमा आफ्ना जलकुण्डमा क्रिडा गरिरहेका हुन्छन् । दक्षिणी धु्रवमा पाइने पैंग्विन आप\mना ऐनाका घरभित्र प्राकृतिक परिवेशका बीच दर्ुइ खुट्टाले टेक्दै आफ्ना सुसारेहरुतर्फमाछाको आहार खान हिडी रहने दृश्य झनै रोमान्चकारी लाग्दछ । तिनीहरुलाई दक्षिणी धु्रवको चिसो वातावरण प्रदान गर्न वातानुकुलन संयन्त्रले गर्दा ऐनामा वाफ र पानीका थोपाहरु जम्मा भएका देखिन्छन् त पेंग्विनका सुसारेहरु आफूलाई चिसोबाट जोगाउन ज्याकेट पहिरेर पेंग्विनलाई आहार खुआउनमा रमाइरहेका हुन्छन् ।

त्यहाँ राखिएका जीवजन्तुहरुलाई समय-समयमा उचित आहार दिन र जलकुण्डको वातावरण र तापमानलाई जाँच्न कर्मचारीहरुको उचित व्यवस्था र जीवजन्तुहरुप्रति कर्मचारीहरुका ममता र लगनशीलता पनि सराहनीय छ ।

समुन्द्री जीवजन्तुहरुका अतिरिक्त अनेक थरि, विभिन्न रंग र आकारका जिउँदा छेपाराहरु र सामुन्द्रिक क्षेत्रमा पाइने चराहरु त्यहाँ ऐनाभित्र प्राकृतिक परिवेशमा बसेर रमाइरहेका देखिन्छन् । कुनै छेपाराहरु आकारमा यति मोटा र भद्दा छन् कि तिनलाई छेपारा भन्न पनि गाह्रो लाग्छ भने केही छेपाराहरुमा देखिने विभिन्न रंगको मिश्रण आर्श्चर्यजनक रहेका छन् ।

एउटा विशाल र सुन्दर एक्वेरियम बनाउने र एउटै छानामुनि विभिन्न समुन्द्रि जीवजन्तुलाई राख्ने अमेरिकी कम्पनीका स्व. जान जी सेड यसका संस्थापक भएकाले यस एक्वेरियमको नामकरण उनकै नाउँबाट भएको छ । उनको यस सपनालाई विद् ग्राहम, एण्डरसन, प्रोब्सट र हृवाईटले सन् १९२९ मा साकार रुप दिए । यसपछि सन् १९३० मा यसलाई विधिवत पर्यटकहरुको दर्शनार्थ खोलियो । र, आजको दिनमा यो शिकागो घुम्न आउने हजारौं, लाखौं पर्यटकहरुको नहेरी नहुने मनोहर स्थल भएको छ । यसको संरचना यति राम्ररी गरिएको छ कि त्यहाँ डल्पि
mनको जलक्रिडा हर्ेर्दै गर्दा ऐनाको उसपारि देखिने मिसिगन लेक यसै जलकुण्डको भाग त होइन भन्ने भाव पनि उत्पन्न नभई छाडदैन । यद्यपि यी दुवैलाई विभाजित गर्ने बीचमा सडक छ ।

राजधानी दैनिकबाट साभार गरिएको हो ।

November 1, 2007

गणतन्त्र गफ मात्रै कि गन्तब्य

लोकनारायण सुवेदी

देशमा अहिले आन्दोलनकारी सबै राजनीतिक दलहरु गणतन्त्रमुखी भएका छन् ।नेपाली घर आँगनमा ‘ढिलै भए पनि छोरो होस्’ भन्ने जुन उखान चलेको छ त्यसलाई छोरीलाई हेय हिसावले ब्याख्या नगरी ढिलै भए पनि सकारात्मक परिणाम आएको अर्थमा ग्रहण गर्ने हो भने अब नेपाल गणतन्त्रमय भएको छ भन्दा फरक पर्दैन । देशको लोकतान्त्रिक तथा जनवादी आन्दोलनमा लागेका राजनीतिक शक्ति र दलहरु अहिले एउटै निष्कर्शमा पुगिसकेका छन् र अव उनीहरु कुनै पनि प्रकारको राजतन्त्र चाँहदैनन् भन्ने प्रष्ट भएको छ । अब कुनै पनि अनिर्वाचित संस्था र ब्यक्तिले नेपाली जनतामाथि रजाई गर्ने दिनको अन्त्य भएको छ । र, यसलाई अनुल्लंघनीय तुल्याउन सबै किसिमका प्रयत्न गर्नु पर्दछ । यसको प्रष्ट अर्थ हो- अब गणतन्त्रलाई राजनीतिक, आर्थिक, समाजिक तथा सास्कृतिक सबै किसिमले परिपुष्ट गर्ने दिशा लिनु पर्दछ । र, तदनुरुपका ठोसकदमहरु चाल्नु पर्दछ । यसो गर्न सकेमा मात्र जनआन्दोलनको जनादेश, मर्म र भावनाको पनि सही किसिमले प्रतिनिधित्व हुनसक्नेछ । र, महान अमर शहीदहरुको सपनालाई पनि साकार पार्न सकिने छ । बस्तुतः अब नेपाली राजनीतिले तय गर्नुपर्ने मूल बाटो नै यही हो ।

 

निश्चय पनि गणतन्त्रको स्वरुप कस्तो हुने भन्ने अत्यन्तै महत्वको सवालमा ब्यापक बहस, बिचार बिमर्श चल्न सक्तछ र चल्नु पनि पर्दछ । ‘बादे बादे जायते तत्वबोध’ भन्ने जुन लाकोक्ति छ, त्यसले पनि लोकतन्त्रमा नै सार्थकता पाउँदछ । एउटा आदर्श गणतन्त्रका लागि नेपालको मौलिक धरातलीय पृष्ठभूमि, यहाँको सामाजिक, साँस्कृतिक, भाषिक, भौगोलिक तथा जैबिक जुन विविधता विद्यमान छ, ती सबैलाई केलाएर एउटा साझा निष्कर्शमा पुग्न पर्दछ र पुग्न सकिनेछ । त्यसरी नै पुग्नु नै उपयुक्त पद्धति पनि हो । अहिले हामी जुन चरणबाट गुज्रिरहेका छौ यतिबेला गणतन्त्र कच्च्ाा पदार्थको रुपमा ग्रहण गरिएको, अर्थिएको र नक्कल गरिएको बिषय बस्तु बन्नु अस्वाभाविक होइन । यस कुरामा अत्यन्तै संबेदनशील हुनै पर्दछ । यसलाई परिमार्जित र परिपक्क स्वरुप दिनका लागि जिम्मेवारपर्ूण्ा किसिमले सुझबुझ पुर्‍याउनु पर्ने हुन्छ । यसका लागि हामी नेपाली जनताका कस्तो राजनीतिक, आर्थिक, समाजिक र साँस्कृतिक ब्यस्थाका बिरुद्ध लडेर त्यसको बिकल्पमा कस्तो राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक ब्यवस्थाको स्थापना गर्न चाहन्छन् भन्ने कुरामा गम्भीररुपमा दृष्टि पुर्‍याउनै पर्ने हुन्छ । पहिलो कुरा त गणतन्त्रले राजतन्त्र र त्यसलाई अभिब्यक्त दिने सामन्ती राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक ब्यवस्थाको बिकल्पको खोजी गर्दछ । यसको छुट्टै कुनै अर्थ छैन ।

अर्को कुरा यसले जनताभन्दा माथि कोही पनि छैन र त्यो केवल जनआन्दोलन, जनसंघर्ष र जनअभिमतद्वारा अभिब्यक्त हुन्छ । त्यसैले जनता नै सर्बोच्च हो र हुन्छ भन्ने मान्यतालाई प्रस्टसँग अङ्गकिर गर्दछ । अनि जनताको सतत्, समुन्नति, समानता र शान्तिका लागि राजनीति परिचालन गरिनु पर्दछ भन्ने मान्यता यसले अघि सार्दछ । राजसंस्था नभए पनि कुनै प्रकारको फौजी शासन या बन्दूकको भरमा चलाइने शासन बिरुद्ध रहेको हुन्छ र रहनु पर्दछ गणतन्त्र । यसलाई कुनै पनि तानाशाहीको पर्यायको रुपमा लिन र ब्यख्या गर्न थालियो भने त्यो यसको सही ब्याख्या नभएर तोडमोड गरिएको अपब्याख्या मात्र हुने कुरा बुझनु पर्दछ ।

जहाँसम्म गणतन्त्र कसरी ल्याउने भन्ने कुरा छ त्यो तत्कालीन परिस्थितिको उपज हुने गर्दछ ।

अहिले नेपालको अन्तरिम ब्यवस्थापिका-संसद जुन जन अन्दोलनको बलमा बनेको छ त्यसले नै प्रष्ट गर्दछ कि यो संसद गणतन्त्र घोषणा गर्न बैधानिक, सक्षम र आधिकारिक छ । यसले गणतन्त्रको घोषणा गर्दा त्यसवाट र्सार्वभौम नेपाली जनताको कुनै अर्थमा पनि अपमान हुदैन बरु ठूलो सम्मान हुन्छ । बरु राजतन्त्रलाई कुनै न कुनै रुपमा कायम राखिरहँदा नेपाली जनताको अपमान भइरहने छ । त्यसमा पनि २४० बर्षेखि एकात्मक उत्पीडनकारी राजतन्त्र चलेको नेपालमा गणतन्त्रको कुरा अन्य मुद्दा जस्तै अल्पमत बहुमतको आधारमा निर्ण्र्ाागर्ने सामान्य कुरा पनि होइन । यो एउटा छलाङ्ग मार्ने कुरा हो ।

त्यत्ति मात्रै होइन यो नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा लामो समयदेखि, अर्थात करीव सात दशकदेखि थाँती रहँदै आएको र संयुक्त जनआन्दोलनपछि निर्ण्र्ाा गर्नैपर्ने बिन्दूमा पुगेको राजनीतिक एबं ऐतिहासिक बिषय पनि हो । त्यसैले यसलाई नयाँ नेपालको प्रस्थान बिन्दूको रुपमा लिएर जानुपर्ने आजको राष्ट्रिय आवश्यकता बन्न गएको छ । यस आधारमा अव नेपालमा उत्पन्न गतिरोधलाई तोड्नका लागि गणतन्त्रको घोषणा गरेर जनताका बीचमा त्यसको अनुमोदनका लागि जान बाटो खोलिने हो कि होइन र यसरी समस्याको सही समाधान पहिल्याइने हो कि होइन नेपाली जनता जिज्ञाषापूर्ण प्रतिक्षा गरिरहेका छन् ।