परिवार फुल हो भने नारी हाँसेपछि मात्र त्यो फूल्छ । पछिल्लो उपन्यास ‘प्रस्थानान्तर’ पढेपछि लेखकको बारेमा यस्तै छवि निर्माण भएको छ पाठकको मष्तिष्कमा ।
अशोक सिलवाल
असामान्य विषयवस्तुमा असामान्य लेखनका लागि रोशन थापा ‘नीरव’ परिचित छन् साहित्यिक सर्कलमा । कल्पनामा सत्य र सत्यमा कल्पना मिसाएर एक अलग स्वाद निर्माण गर्छन् उनी । उनी मान्छेको विघटित नियतिलाई छुन सिपालु छन् । लेखन भनेको विवरण र व्याख्या हो भन्ने शास्त्रीय मान्यतालाई उनले आफ्नो लेखनीमा निषेध नै गरेका छन् । उनको विचारमा यदि परिवार फुल हो भने नारी हाँसेपछि मात्र त्यो फूल्छ ।
पछिल्लो उपन्यास ‘प्रस्थानान्तर’ पढेपछि लेखकको बारेमा यस्तै छवि निर्माण भएको छ पाठकको मष्तिष्कमा ।
पुस्तक तीन चरणमा ‘भुत वर्तमान भविष्य ।’ समयको आयतन योभन्दा व्यापक हुनसक्दैन । उपन्यास यही त्रिकालको मैदानमा दौडिएको छ । आफुलाई हराउँदै पाउँदै । विस्मृतिको रोग कति भयानक हुन्छ त्यसको अनुभुति उपन्यासका पानाहरुमा गर्न सकिन्छ । उहिले र अहिलेका कथा एक समानान्तर सत्य हो । आफ्नो पुस्ताको खोजी हरेक पुस्ताले गरिरहेको छ । विस्मृतिमा खोजी जारी छ । यो एक अनन्त प्रकृया हो ।
लेखकको मान्यता छ जहाँ गए पनि आफ्नो जरा विस्रन हुँदैन । िपंधविनाको लोटा वा टुप्पाबाट पलाएको पातप्रति कसको पो सकारात्मक धारणा होला र अपवादबाहेक ।
मान्छेभन्दा पर हुन सक्दैन मान्छे । सुनसान चिहानमा िसंहासनको के अर्थ हो लेखकको मानवप्रेम उपन्यासमा यसरी नै व्यक्त भएको छ । मान्छे एक्लो रहन सक्दैन । संयुक्त परिवारको पक्षमा अक्षरकेन्द्रित छन् । एक्लो हुनु भनेको कि ड्रग्सको साथी हनु हो कि त आत्महत्या । विस्मृतिमा हराउनु वा बहुलाउनु पनि त्यही मार्ग हो । यसैको विपक्षमा छ यो उपन्यास । अर्थात मानवताको पक्षमा उभिएका छन् लेखक । हामी पनि छौं त्यही लहरमा । वियोगान्त हो कि संयोगान्त उपन्यासको प्रकृति छुट्याउन कठिन छ । सायद यही नै यो उपन्यासको प्रकृति हो ।
उपन्यासमा विगतको काठमाडौंको चित्र छ । र चिन्ता छ काठमाडौंको हराएको संस्कृतिप्रति । लेखक र संस्कृति सायद एउटा साइनो हो । त्यसैले पनि लेखकको संस्कृतिमोह जायज छ । यस्तै मोह र चिन्ताले नै हाम्रो संस्कृति जिउँदो छ ।
कथासंग्रह अन्तहिन युद्ध २०५७, तेस्रो विश्वयुद्धु २०६२ र उपन्यास प्रत्येक श्रवणकुमार अर्थात युद्ध २०६४ पछि चौथो कृतिको रुपमा नीरवुको प्रस्थानान्तर बजारमा आएको हो । भाषा शैलीका हिसाबले नाटक जस्तै लाग्ने यो उपन्यास रत्नपुस्तक भण्डारले प्रकाशन गरेको हो ।