August 1, 2009

एउटा चिठ्ठी ‘प्रेतकल्प’का लेखकलाई

नारायण दाई
नमस्कार
यो पत्र तपाईंको पछिल्लो उपन्यास ‘प्रेतकल्प’मा मात्रै सीमित छ । पढेर सिध्याएँ । पढिसकेपछि मनमा उत्पन्न प्रतिकि्रयालाई बुँदागत रुपमा लेख्दै छु ।  
१। राज्यहीनताको अभावले देशका विभिन्न भागमा झाडापखालाको महामारीले जनता मृत्यु बेहोर्न बाध्य भइरहेका छन् । दशक लामो सशस्त्र द्वन्द्वपछि पनि िहंसा र भय यथावत् छ । सामाजिक अपराध झन् बढेर गएको छ । अपहरणको अत्यासले जनमनोविज्ञान भयभीत छ । बन्द हडताल महँगी र अभाव त सामान्य नै भए । तर शासकको भीड संवेदनहीन छ । अनि जनता पीडाको गहिरो पोखरीमा डुबिरहेका छन् । समय फेरियो । अनि दुःखको संस्करणमात्र फेरियो । तर…। अर्थात् देश दुखिरहेको छ । यो समयको भयानक त्रासदीबीच तपाईंले विगत कालखण्डको यस्तै ‘प्रेत’ बिउँझाउनुभएको छ ‘प्रेतकल्प ।’ दुखपुरको कथा लेखेर तपाईंले विवश जनताको गीत गाउनुभएको छ ।
२। शताब्दी पुरानो समय र सन्दर्भलाई विम्ब बनाएर वर्तमानलाई तपाईंले जसरी प्रहार गर्नुभएको छ त्यसबाट तपाईंको लेखकीय उचाइ नाप्नै नसकिने गरी अग्लिएको छ । यो चाहिँ अलि बढी भयो कि  तर अतिरिाजत भएर यस्तै भाव व्यक्त गर्न मन लागिरहेको छ । 
कुरुप समाज र राजनीतिप्रति तपाईंको प्रहार भयानक छ । अनि यो प्रहार िसंगो समाजको शुद्धीकरणका निम्ति अपरिहार्य छ । समय र शासकको अपाच्य र क्रूर यथार्थमाथि भयानक व्यंग्य गर्दै शासक र शाषितको बहुआयामिक प्रकार र प्रवृत्तिको चिरफार गरेको छ तपाईंको उपन्यासले यदि म गलत छैन भने ।   
३। थोरै मात्र यस्ता पुस्तक हुन्छन् जो पढेपछि भन्न मन लाग्छ साँच्चै पढ्नैपर्ने पुस्तक पढिएछ । यसपटक यस्तै भयो ।
४। पढ्दापढ्दै पुस्तकका पानाहरु छुट्टिए पुस्तकबाट । एकदम नरमाइलो लाग्यो ।
५। उहिलेका कुरा खुइलिए । यो जो उखान छ त्यसविरुद्ध उभिएको एक जीवित दस्तावेज हो यो । अर्थात् ओल्ड इज गोल्ड ।
६। सुनेको थिएँ चित्रका घोडाहरु दौडन्छन् फूलहरु बास्ना आउँछन् अनि आँखाबाट आँसु झर्छ । तपाईंका अक्षरहरु ती महान् चित्रभन्दा अझ बढी सजीव र चलायमान लाग्छन् । अक्षर अर्थात् पात्रहरु । तिनकै बीचमा हराएँ म ।
७। जोन उडको ‘माइक्रोसफ्टदेखि बाहुन डाँडासम्म’, टेकनाथ रिजालको ‘निर्वासन’ जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, नारायण वाग्लेको ‘पल्पसा क्याफे’ धु्रवचन्द्र गौतमको ‘एक असफल आख्यानको आरम्भ’ राजवको ‘क्यापिटल हिल’ आदि । पछिल्लो समय पढेका यी पि्रय कृतिहरुको कुनै सम्झना भएन ‘प्रेतकल्प’ पढ्दा । अरु कृतिको त सम्झना हुने कुरै भएन । यतिसम्म कि छेउमा निदाइरहेकी सानी छोरीलाई पनि बिसर्दै विगत कल्पनामा हराउँदै कुनै-कुनै बेला रुँदै अनि कुनै क्षण हाँस्दै तपाईंको पुस्तक पढेँ रात मध्यरात ।
८। धेरै पत्रिकामा तपाईंको पुस्तकबारे लखिए आलेखहरु । ती सबको निष्कर्ष थियो ुशताब्दीपूर्वको नेपाली समाजको जीवित दस्तावेज ।ु तर त्यतिमात्र पर्याप्त छैन । त्यो विगत हाम्रो समयको पनि दैनिकी हो । मलाई त त्यस्तै लाग्छ । उस्तै प्रवृत्ति पात्र र नियति । प्रविधि पनि उही प्रवृत्तिको सहायकमात्र भइरहेको छ अहिले पनि ।
९। झट्ट हेर्दा विगतको ‘ट्रजेडी’ जस्तो मात्र लाग्छ पुस्तक-वृतान्त । तर त्यो त्यतिमा समाप्त भएको छैन । त्यो नयाँ संस्करणमा अहिले पनि जिउँदै छ । अनि अझ भयानक जटिल र छद्म रुपमा त्यसले आफूलाई फैलाइरहेको छ देशभरि । अनि देशको सिमानाभन्दा परसम्म ।
१०। उपन्यास पढ्दै गर्दा आफूलाई एक अबोध बालक पाएँ । जसका अगाडि हजुरबा आफ्नो अनुभव र अनुभूति बाँड्दै थिए । जहाँ थियो देश र देशको दशा पीडा र उन्माद । अबदेखि हजुरबाहरु हाम्रा साथी पनि हुन् । रोमान्टिक बूढाहरु ।
११। हाम्रा हजुरबा र हजुरआमाहरु जीवित बनाइदिनुभएको छ तपाईंले ।
१२। इतिहास जित्नेहरुको घोडा हो भन्ने शास्त्रीय वा क्रान्तिकारी बुझाइभन्दा अलग रहेर इतिहासको सामाजिक व्याख्या गर्नुभएको छ ।
१३। यो पुस्तक इतिहास हो कि आख्यान  पक्कै पनि यी दुवै हो । 
१४। मदन पुरस्कार पाउनु वा नपाउनुसँग पुस्तकको आयु र सफलता निर्धारित हुँदैन । तर एउटा पाठकको अगि्रम सिफारिस छ, ‘यो पुस्तकलाई मदन पुरस्कार दिइयोस् ।’ त्यसैले पनि तपाईंलाई लेखेको व्यक्तिगत सार्वजनिक गर्दै छु ।
१५। दुखपुर जो एउटा गाउँ हो उपन्यासमा । जसको जगमा उभिएको छ एक उत्कृष्ट उपन्यास । तर अहिले िसंगो देश नै दुखपुर भएको छ मैले थाहा पाएदेखि । सुखपुर त ‘युटोपिया’ मात्र हो । हाम्रो यथार्थ दुखपुरवासी हुनु नै हो । दुखपुरवासी हामी हौं र हाम्रा आफन्त पनि । नारायण दाइले आफन्तको मेरो र मेरो देशको पनि पीडा बोल्नुभएको छ ।

अरु पनि धेरै कुरा छन् भन्न्नुपर्ने । बाँकी भेटमा ।

दुखपुरको तपाईं जस्तै एक दुखी

अशोक सिलवाल

ashoksilwal@gmail.com

July 31, 2009

देशकै बाजी !

विमल कोइराला भोजराज घिमिरे दिनेश अधिकारी शंकर कोइराला आदि । यी नामलाई नेपाली प्रशासन जगत्मा चिनाइरहनुपर्दैन । तर यतिमै यिनको परिचय सीमित छैन । प्रशासनमा मात्र होइन साहित्य जगत्मा पनि यिनलाई नचिन्ने सायदै होलान् । यिनै नामहरुलाई पछ्याउँदै छ अर्को एक नाम ‘गोरखबहादुर िसंह’ ।
नेपाल सरकारका सहसचिव िसंहले भर्खरैमात्र आफ्नो चौधौं कृति बजारमा ल्याएका छन् ‘नगरसभाको पाँचौ दिन ।’ विद्यार्थीकालदेखि नै लघुकथाप्रति रुचि राख्ने लेखक िसंहले यो लघुकथासंग्रहमार्फत मुलुकमा व्याप्त भ्रष्टाचारको तस्बिर उतार्ने प्रयास गरेका छन् । मुलुकको एक कुरुप यथार्थ । राजनीतिमा मात्र होइन प्रशासनमा पनि कुसर्ीका लागि तानातान यतिसम्म छ कि देशकै बाजी लगाउन पनि पछि नपर्ने स्थिति छ । थुइक्क । यो त सोच्न पनि नहुने कुरा हो । 
‘नगरसभाको पाँचौं दिन’ले दिन खोजेको मूल सन्देश नै यही हो । संग्रहको शीर्षक ‘नगर’मा सीमित भए पनि यसले गाउँ नगरदेखि िसंहदरबारसम्म फैलिएको भ्रष्टाचारलाई सार्वजनिकमात्र गरेको छैन प्रहार पनि गरेको छ ।
राजनीतिक सामाजिक र प्रशासनिक विसंगतिलाई नंग्याउन सफल छ संग्रह । प्रशासनभित्रै रहेर पनि त्यहाँको विकृति व्यक्त गर्न सक्ने निर्भिकता लोभलाग्दो छ लेखकको । यस्तो निर्भिकताले लेखकीय स्वाभिमानलाई थप ऊर्जा दिनेछ सबैका लागि ।
लघुकथा जसले अहिलेको व्यस्त समयलाई सम्बोधन गर्न सक्छ । सायद समयको यही मर्मलाई बुझेर लेखक लघुकथा लेखनमा सकि्रय भएका छन् । भ्रष्टाचारविरुद्ध उनको यो लेखन सकि्रयता ‘नगरसभाको पाँचौं दिन’सम्म मात्र होइन अझ अगाडि बढिरहोस् । 
समसामयिक सन्दर्भलाई विषय बनाएर लेखिएको यो सग्रहलाई ‘साझा’ले प्रकाशन गरेको हो ।
- अशोक सिलवाल
ashoksilwal@gmail.com

July 30, 2009

परिवार फुल हो भने नारी हाँसेपछि मात्र त्यो फूल्छ । पछिल्लो उपन्यास ‘प्रस्थानान्तर’ पढेपछि लेखकको बारेमा यस्तै छवि निर्माण भएको छ पाठकको मष्तिष्कमा ।

 

अशोक सिलवाल

असामान्य विषयवस्तुमा असामान्य लेखनका लागि रोशन थापा ‘नीरव’ परिचित छन् साहित्यिक सर्कलमा । कल्पनामा सत्य र सत्यमा कल्पना मिसाएर एक अलग स्वाद निर्माण गर्छन् उनी । उनी मान्छेको विघटित नियतिलाई छुन सिपालु छन् । लेखन भनेको विवरण र व्याख्या हो भन्ने शास्त्रीय मान्यतालाई उनले आफ्नो लेखनीमा निषेध नै गरेका छन् । उनको विचारमा यदि परिवार फुल हो भने नारी हाँसेपछि मात्र त्यो फूल्छ ।
पछिल्लो उपन्यास ‘प्रस्थानान्तर’ पढेपछि लेखकको बारेमा यस्तै छवि निर्माण भएको छ पाठकको मष्तिष्कमा ।
पुस्तक तीन चरणमा ‘भुत वर्तमान भविष्य ।’ समयको आयतन योभन्दा व्यापक हुनसक्दैन । उपन्यास यही त्रिकालको मैदानमा दौडिएको छ । आफुलाई हराउँदै पाउँदै । विस्मृतिको रोग कति भयानक हुन्छ  त्यसको अनुभुति उपन्यासका पानाहरुमा गर्न सकिन्छ । उहिले र अहिलेका कथा एक समानान्तर सत्य हो । आफ्नो पुस्ताको खोजी हरेक पुस्ताले गरिरहेको छ । विस्मृतिमा खोजी जारी छ । यो एक अनन्त प्रकृया हो ।
लेखकको मान्यता छ जहाँ गए पनि आफ्नो जरा विस्रन हुँदैन । िपंधविनाको लोटा वा टुप्पाबाट पलाएको पातप्रति कसको पो सकारात्मक धारणा होला र अपवादबाहेक ।
मान्छेभन्दा पर हुन सक्दैन मान्छे । सुनसान चिहानमा िसंहासनको के अर्थ  हो लेखकको मानवप्रेम उपन्यासमा यसरी नै व्यक्त भएको छ । मान्छे एक्लो रहन सक्दैन । संयुक्त परिवारको पक्षमा अक्षरकेन्द्रित छन् । एक्लो हुनु भनेको कि ड्रग्सको साथी हनु हो कि त आत्महत्या । विस्मृतिमा हराउनु वा बहुलाउनु पनि त्यही मार्ग हो । यसैको विपक्षमा छ यो उपन्यास । अर्थात मानवताको पक्षमा उभिएका छन् लेखक । हामी पनि छौं त्यही लहरमा । वियोगान्त हो कि संयोगान्त  उपन्यासको प्रकृति छुट्याउन कठिन छ । सायद यही नै यो उपन्यासको प्रकृति हो ।
उपन्यासमा विगतको काठमाडौंको चित्र छ । र चिन्ता छ काठमाडौंको हराएको संस्कृतिप्रति । लेखक र संस्कृति सायद एउटा साइनो हो । त्यसैले पनि लेखकको संस्कृतिमोह जायज छ । यस्तै मोह र चिन्ताले नै हाम्रो संस्कृति जिउँदो छ । 
कथासंग्रह अन्तहिन युद्ध २०५७, तेस्रो विश्वयुद्धु २०६२ र उपन्यास प्रत्येक श्रवणकुमार अर्थात युद्ध २०६४ पछि चौथो कृतिको रुपमा नीरवुको प्रस्थानान्तर बजारमा आएको हो । भाषा शैलीका हिसाबले नाटक जस्तै लाग्ने यो उपन्यास रत्नपुस्तक भण्डारले प्रकाशन गरेको हो ।

October 16, 2007

poltics as a pendulom

politics of nepal is going more confusing due to the activities of leaders. their political behaviour is not political. it seems so. and reality is very paradoxical. girija prasad koirala, puspa kamal dahal, madhav kumar nepal and other mainstream leaders are not able to go on the people’s way. king gynanendra is showing his character as diplomatic danger.   

October 15, 2007

शुभकामना छ है

विजया दशमी २०६४ को अवसरमा अशोक सिलवाल भनेर चिन्ने सबैलाई शुभकामना । स्वदेश तथा विदेशमा बस्ने सबै आफन्त, साथीभाई, परिचित र अपरिचित सबैलाई जीवनका सबै दुखलाई भुलेर खुशी बाँडन चाहन्छु । जीवन त्यसै पनि बित्दैछ भने किन खुशी भएर नबाँच्ने ? यो प्रश्न नै मेरो शुभकामना ल ।

October 1, 2007

what i did in morning

today i wake up at 6.30 and went to the campus. as u know i am a student of final year of masters in art. there, chiranjibi sir told us something about thesis writing. how to choose the topic of thesis ? how to make it perfect ? and in many subject he tried to clear the confusion.  

i have nothing to say.

dear friend some time we have to face unexpected event. but it is not the matter of worry. today is quiet hot in kathmandu. no raining.